
दाङः दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंका लागी छुटेको कर्णाली प्रदेश (२)००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा गएराति दुर्घटना हुँदा २९ जना घाइते भएका हुन् ।
गम्भीर घाइते ७ जनालाई बाँकेको कोहलपुर पठाइएको छ भने अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न सकेको छैन । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।