
काठमाडौं: आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा १ सय रुपैयाले घटेको सूनको मूल्य आज तोलामा ७ सय रुपैयाले घटेको हो ।
शुक्रबार तोलाको ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि ह्वात्तै घटेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ कारोबार भइरहेको छ ।