कोरोना संक्रमणले भारतमा एकैदिन ३९८० को मृत्यु

0 Shares

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ९ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा संक्रमितको संख्या पनि बढेको छ । भारतमा बुधबार एकैदिन अहिलेसम्मै उच्च ४ लाख १२ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा यसअघि गत शुक्रबार एकैदिन ४ लाख १ हजार ९ सय २३ संक्रमित थपिएका थिए । मंगलबार भने भारतमा ३ लाख ८२ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

सबै