एमालेको १० औं महाधिवेशनमा सचिब पदमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा

0 Shares

नेपाल कम्यूनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनमा सचिब पदमा उम्मेदवारी दिने युवा नेता महेश बस्नेतको घोषणा गरेका हुन्।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता बस्नेतले आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एमाले पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिब पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।

आफू युवा संघको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताए ।

उनले आफूले सचिब पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका छन् । सो आधारपत्रमा उनले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिन सक्ने योगदानहरुका बारेमा उल्लेख गरेका हुन् ।

सम्बन्धित समाचार

सबै