चितवनमा बिभिन्न ६ समिति बनाएर काम भइरहेको छ। जसअन्तर्गतको जनपरिचालन समितिले घरघरमा दशौं महाधिबशनको निमन्त्रणापत्र बितरणका काम गरिरहेको छ।
त्यस्तै, प्रचार सहयोग समिति अन्तर्गत जिल्लाको बिभिन्न ४५ स्थानमा स्वागतद्वार निर्माणको काम अघि बढिरहेको जानकारी बिज्ञप्तिमा दिइएको छ।
‘प्रचार सामग्री वडा तहसम्म पुर्याउनेकाम भइसकेको छ। थप प्रचारका लागि सडक किनारामा पोलहरुमा झण्डा तथा ध्वजापतका लगाउने काम थालिएको छ’, विज्ञप्तिमा भनिएको छ, करिब ६० हजार पार्टीको झण्डा र चुनाव चिह्न अंकित झण्डा बनाउने काम सुरु भएको हो। जिल्लाभरि माइकिङ गर्ने तयारी भइरहेको छ।’
महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुनका लागि चितवनबाट मात्रै ६०० भन्दा बढी सार्बजनिक सवारीसाधन प्रयोग गरिने जानकारी पनि बिज्ञप्तिमा जनाएको छ ।