अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवनबाटै उम्मेदवार रहने स्पष्ट

0 Shares

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार रहने स्पष्ट पारेका छन् । सोमबार अबेर चितवन भूमिगत संयोजनात्मक जलसिँचाइ आयोजना, भरतपुरले बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्दै उनले उक्त कुरा गरेका हुन् ।

गएको चुनावमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको बताउदै प्रचण्डले फेरि पनि चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने बताए ।

उनले भरतपुर महानगरको विकास लोभलाग्दो रहेको र सलाई अझ उचाइमा पुर्‍याउन आफ्नो उम्मेदवारी रहने बताए। यस्तै उनले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने पनि बताए ।

यस्तै उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको बताउदै भरतपुर र माडी क्षेत्रमा उक्त कार्यक्रम सञ्चालन गरिएको बताए

सम्बन्धित समाचार

सबै