
काठमाडौंः नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङ वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । नेता नेम्वाङले आगामी मंसिर १० देखि १२ सम्म हुने पार्टीको १०औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भएका हुन् ।
उनले अहिलेसम्म आफु केपी शर्मा ओलीलाई अध्यक्षमा राखेर सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताएका छन् । उनले यदि चुनाव हुने अवस्था आएमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताए ।
साथीहरुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सल्लाह दिएको भन्दै नेम्वाङले यसबारे सल्लाह गरेर उम्मेदवारी दिने बताए । यसअघि पार्टी उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।