प्रधानमन्त्री देउवा आज बारका पदाधिकारीसँग छलफलमा बस्दैँ

0 Shares

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । उनले बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र बृहत नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

सम्बन्धित समाचार

सबै