पोखराका जगन्नाथ बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

0 Shares

चितवनः एमाले नेता जगन्नाथ बास्तोलाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमालेको चितवनमा हुने १०औँ महाधिवेशनमा पोखराका बास्तोलाले गण्डकी प्रदेशको भूगोलबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले बिहीबार सौराहामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी घोषणा गरेका हुन्।

माछापुच्छ्रे गाउँपालिकाको निवर्तमान गाउँ कमिटी अध्यक्ष एवं नेकपा एमाले कास्कीका जिल्ला सचिवालय सदस्य समेत रहेका बास्तोला विगत २५ वर्षदेखि जिल्ला कमिटीमा रही काम गर्दै आएका छन्।

सम्बन्धित समाचार

सबै