नेपाल कम्यूनिष्ट पार्टी एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह

0 Shares

नेपाल कम्यूनिष्ट पार्टी एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन कार्यक्रम भएको छ । चितवनमा भएको महाधिवेशनको उदघाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सन्चालन गरका छन् ।

मञ्चमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल लगायतका नेताहरु उपस्थित भएका छन् ।

एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि आज चितवन पुगेका हुन् ।भारत लगायतका देशबाट निम्ताइएका विदेशी पाहुनाहरु मञ्चमा आसिन छन् ।

महाधिवेशनको उदघाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै ६ नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ ।बिभिन्न स्थानबाट निकालिएका जुलुस उदघाटन समारोहस्थल नारायणी नदी किनारमा जम्मा भएका छन् ।

नारायणी नदी किनारमा उदघाटन समारोह गरेपछि शनिबारदेखि सौराहमा बन्दसत्र सुरु हुने छ । बन्दसत्रले आगामी पाँच वर्षका लागि एमालेको नयाँ नेतृत्व चयन गर्ने छ ।

सम्बन्धित समाचार

सबै