देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाको लागि अब चुनाबमा एमालेको एकल बहुमत चाहियो, एमालेका अध्यक्ष ओली – The kathmandu news

देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाको लागि अब चुनाबमा एमालेको एकल बहुमत चाहियो, एमालेका अध्यक्ष ओली

पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यसअघि जनादेशका लागि जान खोज्दा रोकिएको स्मरण गर्दै उनले अबको चुनाबमा आफ्नो पार्टीको एकल बहुमत ल्याइ देशको सार्वभौमसत्ता र तोकतन्त्रको रक्षा गर्ने समेत दावी गरेका छन् । उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने सबै कार्यकतालाई आग्रह समेत गरेका छन् ।

अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेको उनको टिप्पणी थियो ।ओलीले भने, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ ।’

देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि एमालेको बहुमत चाहिएको ओलीको भनाइ थियो । ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ,’ ओलीले भने ।

उनले आफू सरकारमा भएको बेला पहिलोपटक अन्तरिक्षमा नेपालले आफ्नो स्याटेलाइट पठाएको दावी गरे । उनले भूपरिवेष्ठित मुलुकको रुपमा रहेको नेपाललाई भूजडित नेपालको अवस्थामा पु¥याएको बताए । एमाले अध्यक्ष ओलीले अगाडि भने-‘जमिनमुनी पनि तार बिच्छ्याउने काम गरेका छौँ, फोर जि बिच्छ्याका छौँ । अब त्यतिमात्र हैन अन्तरिक्षबाट स्याटेलाइटबाट काम गर्नेछौँ । स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ मेरो नेतृत्वको सरकारले स्याटेलाइटका लागि अरुले लिएको हाम्रो मार्ग हामीले आफ्नो बनाएका छौँ । अब हामीसँग अन्तरिक्षमा पनि हाम्रो स्थान छ । म साथीहरुलाई भन्न चाहान्छु अन्तरिक्षमा पनि नेपालले आफ्नो दावी र अस्तित्व कायम गरिसकेको छ ।’

यस्तै उनले समुन्द्रमा आफूले नेपालको हक छ भनेर आफूले पहिलो पटक आफूले भनेको उल्लेख गरे । जलमार्गको बारेमा भारतसँग आफूले छलफल गरिरहेको उल्लेख गरे ।

ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका छन् ।चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै ओलीले भने, ‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उनले भने, ‘हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।’

गरिब–धनी, जनसंख्यामा जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले सबैलाई समान हिसाबले लिनुपर्छ । एमाले यस्तो समानतामा विश्वास राख्दछ,’ ओलीले भने ।

उनले एमालेले कसैलाई पनि शत्रु र मित्रुका रुपमा नलिएर आपसी समझदारी र सहकार्यबाट अघि बढ्न चाहेको बताए ।उनले स्वाधीनता भन्ने गरिएको, तर त्यसको प्रयोग हुन नसकेको बताए ।

Writingcities.net Promo code 2023 Claiming to offer one of the best essay writing Coupons for a remarkable price GradeMiners Reviews Discount Code For Writing Service Mycdrhelp.com Discount EssayShark Promo Code Www.brillianttermpapers.com Discount Coupon 15% Coupon code Samedayessay.com Discount Code Bestessaytips.com Coupon Code BuyEssayClub.com Coupon