0
Shares
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी आज विहिबार लुम्बिनी जाँदैछिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन बुधबारबाट नै सुरु भएको छ ।
सोही सम्मेलनको मुख्य समारोहको उदघाटन गर्न भण्डारी लुम्बिनी जान लागेकी हुन् । त्रियान सम्मेलन विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर आयोजना गरेको हो ।
आज दिउँसो १ बजे राष्ट्रपति भण्डारीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागी छन् ।