बिग्रिएको कार्यकर्ता होइन, नेताहरू नै हुन् :प्रचण्ड – The kathmandu news

बिग्रिएको कार्यकर्ता होइन, नेताहरू नै हुन् :प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरू बिग्रिएको बताएका छन्।

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले नेताहरू सच्चिए पुरै परिस्थिति ट्रयाकमा आउने कुरा प्रमाणित भएको पनि बताए।

‘अप्ठेरो स्थितिमा पनि जनताले माओवादीलाई साथ दिन्छन् भनेपछि बिग्रिएको जनता, कार्यकर्ता होइन, अलि अलि बिग्रिएको बरु नेताहरू नै हो,’ उनले भने, ‘नेताहरू सच्चिन्छन् भने पुरै चिज ट्रयाकमा आउँदो रहेछ भन्ने कुरा प्रमाणित भएको छ।’

उनले माओवादीले संघीयता छाड्यो भनेर लगाएको आरोप झुटा भएको बताए। जस्तोसुकै मूल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रचण्डको प्रतिबद्धता रहेको छ ।

उनले जो मधेशी जनताका विरोधी छन्, उनैलाई मधेशीका मसिहाका रूपमा प्रस्तुत गरिएको टिप्पणी गरे। आफूले संविधान संशोधनको प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमानेका कारण सम्भव हुन नसकेको उनको भनाइ छ।

प्रचण्डले आफूहरूले प्रतिगमनलाई असफल बनाएको दाबी गरे। प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको उनले बताए।

गत सालको प्रतिगमन विरोधी आन्दोलनमा लाखौं जनता परिचालित गर्‍यौं र त्यो प्रतिगमनलाई असफल बनायौं,’ उनले भने, ‘जनताको साथ लिएर संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्त्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो।

write for pay help me write my research paper Canadianwritings Discount Promo Codes Up to 40% Nerdify Coupon Code Speedyessay.co.uk Coupon Code Prowritingservice.com Promo code 2023 Marvelous-Essay.net fresh discount get paid to write papers for students Passing Verification on Essay Writing Sites SmartEssayRewriter.com fresh discount writing paper online create a thesis statement for me Academicinfocenter.com Discount Codes paperhelp promo code