काठमाडौं : नेकपा एकालेको १०औँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष बन्न सफल भएका केपी शर्मा ओलीलाई बधाई दिने र प्रशंशा भन्दा बढि आलोचना भइरहेको छ । । केपी ओली पुनः एमालेको अध्यक्ष चुनिए तर उनले राजनीतिमा कसरी एकाएक फड्को मारे भन्ने बारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
झापा विद्रोहदेखि जेलजिवनका सहकर्मी वामपन्थी नेता आरके मैनालीले एक टेलिभिजनको अन्तरवार्तामा महाकाली सन्धि गराउँनु भन्दा अघि पार्टी कार्यकर्ताको सामान्य नेता र आर्थिक रुपमा पनि निकै कमजोर रहेको तर माहाकली सन्धि गराएपछि केपी शर्मा ओलीलाई विभिन्न ठाँउबाट पैसा आएपछि आर्थिक रुपमा पनि बलियो भएको बताएका छन् । महाकाली सन्धि भन्दा पहिलेको ओली र महाकाली सन्धि पारित भएपछिको ओली धेरै फरक बताएका छन् ।
उनी भन्छन्, ओलीसँग आर्थिक हैसियत त्यति राम्रो थिएन माकाली सन्धि भइसकेपछि बिभिन्न ठाँउबाट ओलीलाई पैसा आउन थालेपछि गुट बल्टुल्न थाल्नुभयो । गुट बटुल्न थालेपछि ओलिको आर्थिक हैसियत पनि बढ्दै गयो । महाकाली सन्धि अघि बस चढेर पार्टीका कार्यक्रमा जान्थे, जब महाकलीसन्धीपछि मोटर चेढेर कार्यकर्ताको घरमा जानुहुन्थ्यो ।पहिले पार्टीको कार्यक्रममा जादा कार्यकर्ताको घरमा बस्थे पछि आफूलाई मनपर्ने डेन्जर पाँच सात जना
कार्यकर्ताहरुलाई लिएर होटलमा बस्न थाल्नुभयो र ओलीको हैसियत त्यसरी बढ्दै आयो । महाकाली सन्धिपछि ओलीको हैसियतसँगै आर्थिक हैसियत पनि बढ्यो, त्यही आर्थिक परिणामको हैसियतले अहिलेको महाधिवेशन समावेश गरेर नै यसैमा आउ म केही बनाउँनछु भन्नुभयो ।’ यसबाट के बुझ्न सकिन्छ भने महाकाली सन्धि पारित गराउने नायक केपी ओली नै थिए, र ठुलै आर्थिक लाभ लिएका रहेछन ।
वि।सं। २०५२ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा तत्कालीन एमालेको नेतृत्व माधवकुमार नेपालले सम्हालेका थिए । भनिन्छ, केपी ओली पनि महाकाली सन्धिका बलिया समर्थक हुन् । २०५२ साल माघ २९ गते भारतको राजधानी नयाँदिल्लीमा भएको विवादास्पद महाकाली सन्धिमा प्रधानमन्त्री देउवालाई एमालेकोओलीको महत्वपूर्ण साथ रहेको थियो ।
अहिलेको एमसीसीजस्तै महाकाली सन्धि पनि संसदबाट पारित गराउनुपर्ने थियो । तर, सामान्य बहुमतबाट होइन, त्यसबेलाको संविधानअनुसार सन्धिसम्झौताहरू संसदको दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्ने हुन्थ्यो ।
दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि ०५३ साल असोज ४ गते संसदले दुई तिहाइ बहुमतका आधारमा पारित गर्यो । ०५६ सालको चुनावमा बामदेव–सीपी नेतृत्वको नेकपा मालेले माधव–ओली समूहलाई राष्ट्रघातीको संज्ञा दिएको थियो ।
संसदमा देउवा सरकारसँग मिलेर महाकाली सन्धि पारित गर्नु एमालेको राष्ट्रघात भएको बामदेव गौतम समूहको आरोप थियो । ०५३ साल असोज ४ गते संसद्बाट महाकाली सन्धि पारित गर्दा वामदेव गौतम, आरके मैनाली, सहाना प्रधान लगायतसँगै बहिस्कार गरेका थिए ।
महाकाली सन्धिपछि नेपाल बिजुली बेचेर धनी हुने बताएका केपी ओली यतिबेला पश्चाताप गर्नुपर्ने अवस्थामा आइसकेका छन् । केपी ओलीले नै आजभन्दा चार वर्षअघि नै महाकाली सन्धि पुनरावलोकन हुनपर्ने मनसाय व्यक्त गरिसकेका थिए । ‘महाकाली सन्धि राष्ट्रघाती हो’ भन्दै एमालेभित्र अभियान चलाएका सीपी मैनाली एमालेबाट निश्कासित भए ।
झापा आन्दोलनदेखिका केपी ओलीका सहकर्मी मैनाली ओलीलाई नजिकबाट चिन्ने एक नेता हुन् । झापा आन्दोलनका चर्चित व्यक्ति सीपी मैनाली र केपी ओली सँगै जेल जिवन पनि बिताएका थिए । ०५३ सालमा एमालेले जसरी पनि महाकाली सन्धि पारित गर्न भूमिका खेलेका बेला पार्टीले बनाएको महाकाली सन्धि अध्ययन गर्ने कार्यदलको संयोजक थिए केपी ओली । तर, ०५४ सालदेखि अहिले करिब २२ वर्ष बितिसक्यो । अहिलेसम्म डीपीआर बनेको छैन ।