राप्रपाको महामन्त्रीमा रेखा थापाले गराइन उम्मेदवारी दर्ता – The kathmandu news

राप्रपाको महामन्त्रीमा रेखा थापाले गराइन उम्मेदवारी दर्ता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी छ। अहिलेसम्म अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देन उम्मेद्वारी दर्ता गराएका छन्। महामन्त्रीमा रेखा थापा र धवलशमशेर राणाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

शुक्रबार दिउँसो तीनैजनाले उम्मेद्वारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि अन्तिम नामावली प्रकाशन लगायतका काम हुने निर्वाचन समितिले जनाएको छ। उम्मेदवारी दर्तापछि अन्तिम नामावली प्रकाशनलगायतका काम हुने निर्वाचन समितिले जनाएको छ।

बिहीबार मतदाताको नामावली र निर्वाचन तालिका प्रकाशन गरेको भएपनि केही जिल्लाका प्रतिनिधि (मतदाता नामावली) विवाद नटुंगिएका कारण ढिलाइ भएको हो। राप्रपाको यो महाधिवेशनमा ४ हजार ४ सय मतदाता रहनेछन्।

राप्रपाको नेतृत्वका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैले ४ उपाध्यक्ष र ३ महामन्त्रीसहितको प्यानल बनाएका छन्। थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान तथा महामन्त्रीमा भाष्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही उम्मेदवार बन्नेछन्।

यस्तै लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ तथा महामन्त्रीमा डा। धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने भएका छन्।

नेता विक्रम पाण्डे दुवै समूहको तानातानमा परेका छन्। थापा र लिङ्देन दुवैले उपाध्यक्षमा पाण्डेको नाम राखेका छन्। निर्माण व्यवसायीसमेत रहेका पाण्डेले आफू कुन समूहमा हो भन्ने खुलाएका छैनन्।

पार्टीमा थापाले नेतृत्व गर्न नसकेको र एजेन्डा स्थापित गर्न सक्रिय भूमिका नखेलेको भन्दै लिङ्देन अघि सरेका हुन्। थापा भने एक पटक आफूलाई ‘टेस्ट’ गर्न कार्यकर्तालाई अनुरोध गरिरहेका छन्। राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरू १ सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाट आउनेछन्।

राप्रपाको अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख रुपैँया तोकिएको छ। निर्वाचन कार्यतालिका अनुसार केन्द्रीय उपाध्यक्षको उम्मेदवार बन्न ७५ हजार तोकिएको छ। त्यस्तै केन्द्रीय महामन्त्रीका लागि ५० हजार, केन्द्रीय सदस्यका लागि १५ हजार तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

DoMyEssays.co.uk Discount Code Researchpaperspot.net Coupon Code accounting help online free Essaytoday.net Coupon Code Dissertationhomework.net Coupon Code Buy Your Promo Code On TrustMyPaper.com DissertationLabs.com coupon code 1WS.com site discount Essaycaptains.com Coupon Code where to get a resume made Essays.donemyessay.com Coupon Code Best Law Essays Coupon Code Myassignmenthelp.net Promo code 2023 Essayace.co.uk Discount Code Theessayplace.com Promo code 2023 proessaywriting com promo code studybay promo code