आज कांग्रेसको प्रदेश समिति चयनका लागि मतदान हुँदै – The kathmandu news

आज कांग्रेसको प्रदेश समिति चयनका लागि मतदान हुँदै

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज प्रदेश समिति चयनका लागि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिले तय गरेको कार्यतालिकाअनुसार प्रदेश २ बाहेक अरू प्रदेशमा हिजै उम्मेदवारी दर्ता सकिएको छ। देश संघीयतामा गएपछि संविधानमा व्यवस्था भएको संघीय संरचनाअनुसार कांग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो।

प्रदेश अधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्रीको निर्वाचन गर्नेछ। १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति पदमा खसेको मतको ५१ प्रतिशत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबिच पुनः मतदान गराइने व्यवस्था कांग्रेसमा छ। प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यका लागि अधिकांश प्रदेशमा नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँमा आएका छन्। सिटौलानिकट उद्धव थापाले प्रदेश १ को सभापतिमा दिएको उम्मेदवारीलाई देउवा पक्षले समर्थन जनाएको छ। सो प्रदेशको सभापतिमा संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे उम्मेदवार बनेका छन्।

बागमती प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा छ। संस्थापन पक्षबाट मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका छन्। उपसभापतिमा चन्द्र महर्जन, धर्मराज गौतम, परशुराम पोखरेल, मदनकृष्ण श्रेष्ठ, मोहनबहादुर बस्नेत र राजेन्द्रप्रसाद बुर्लाकोटीको उम्मेदवारी परेको छ। महामन्त्रीमा कञ्चनचन्द्र वादे, रामचन्द्र अर्याल, राजु श्रेष्ठ, तिलकप्रसाद रुवाली, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य अर्जुन जोशी प्रदेश सभापति पदको प्रत्याशी रहेका छन्। संस्थापन इतर पक्षबाट शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी दिएका छन्। लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरत शाह सभापतिको प्रत्याशी रहेका छन्। त्यस्तै संस्थापन इतर पक्षबाट अमरसिंह पुनले सभापतिमा उम्मेदवारी दिएका छन्।

सुदूरपश्चिम प्रदेश कांग्रेस सभापति पदमा नेताहरू वीरबहादुर बलायर र नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुँदैछ। बलायर संस्थापन र मिश्र पौडेल समूहबाट उम्मेदवार बनेका हुन्। प्रदेश २ मा अधिवेशन उद्घाटन भए पनि उम्मेदवारी दर्ता आज मात्रै हुने भएको छ। प्रदेश २ को सभापतिमा नेताहरू रञ्जित कर्ण, रामसरोज यादव र कृष्ण यादवले दाबेदारी प्रस्तुत गरेका छन्। सर्लाहीमा क्षेत्रीय अधिवेशन नै हुन बाँकी रहेका कारण सो प्रदेशको अधिवेशन प्रभावित बनेको हो।

Darwin Essay Coupon Codes EssayLab.com discount code dissertation proposal writing service UrgentEssayWriting.com coupon code 2023 WriteMyEssays.net Reviews Sameday-essay.net Promo 2023 Discount Coupon LawEssayTeacher.co.uk promo code MyEssayHelp.co.uk Discount Code 2023 MyPerfectPaper.net coupon code