प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु – The kathmandu news

प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु

म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार आइतबार दिउँसो रंगुनमा भएको उक्त घटनामा १५ जना घाइते भएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडिओमा सडकमा प्रदर्शनकारी हुँदा एउटा सैनिक गाडी बेतोडले आएको देखिन्छ। केही प्रदर्शनकारीलाई किचेर गाडी अघि बढेका थियो।

म्यानमार गत वर्ष फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर कू गरेको थियो। त्यसयता जुन्ता शासनविरूद्ध भएका प्रदर्शनमा १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। सैनिक शासनविरूद्ध अहिले पनि प्रदर्शन भइरहेका छन्।

म्यानमारको छाया सरकारले शान्तिपूर्ण प्रदर्शनकारीलाई सैनिक गाडीले कुल्चेर मारेको र गोली हानेको घटना हृदयविदारक भएको बताएको छ। सैनिकबाट भएको बर्बरतापूर्ण आतंकवादको बदला लिने उसले चेतावनी दिएको छ। आइतबारको घटनाबारे सेनाले कुनै प्रतिक्रिया दिएको छैन। -एजेन्सी

 

australia essay writing service Buy coupon code now AssignmentJunkie.co.uk Coupon online essay help MyHomeworkDone Promo Code, Coupons, Discount Codes and Review Cv-shop.com Coupon Code Domyhomework.guru Discount Code Edit-Proofread.com discount code custom coursework writing service EduGuide.pro Discount Promo Codes Up to 40% Expert-writers.net Discount Code Buyessayonline.org Promo Code 1ClickDissertation.co.uk Coupons 2023 GoAssignmentHelp.com.au coupon code Discount Coupon Promo Codes