ज्वालामुखी विष्फोटमा परी १३ जनाको मृत्यु , ९८ घाइते – The kathmandu news

ज्वालामुखी विष्फोटमा परी १३ जनाको मृत्यु , ९८ घाइते

इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी)ले जनाएको छ ।

दुई शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् । दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ ।

यसैबीच ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ । ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ । अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

जाकार्ता समयानुसार शनिबार दिउँसो ३:१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो । –एजेन्सी

Leave a Promo Iwanttutor.co.uk Discount Code MyAssignmentHelp Promo Code Website Promo Codes Samedayessay.com Coupon Code Uni Academic Help Coupon Code GetWritings.com fresh discount proessaywriting.com discount code GrabMyEssay Promo Code accounting home work 20233 discounts of EvolutionWriters.com Discount Coupon DoMyHomework123 Discount Promo Codes Up to 40% request a test promo code need help writing my resume PaperWriter.org discounts who can write my resume Discount Codes