अध्यक्ष पदमा  लिङ्देनसँगको प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप – The kathmandu news

अध्यक्ष पदमा  लिङ्देनसँगको प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष कमल थापाले पराजय ब्यहोरेपछि एकसाथ विरक्ति आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले उक्त आरोप लगाएका हुन् । थापाले आफूलाई ‘राजनीतिकरुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोपसमेत लगाएका छन् ।

अध्यक्ष लिङ्देनसहितले प्रज्ञा भवनमा शपथ लिइरहँदा थापा भने काठमाडौँमा कतै बसेर अरुणा लामाको गीत गुनगुनाइरहेका छन् । थापाले त्यही गीत सम्झिँदै सामाजिक सञ्जालमा वीरहको भाका पोखेका छन् । उनले आफ्नो अन्तरमनभित्रको मान्यतामाथि प्रश्न खडा भएको भन्दै कवि राजेन्द्र थापाद्वारा लिखित उक्त गीत सम्झिएका हुन् ।

‘मेरो अन्तर्मनभित्र मेरो मान्यता माथि गम्भीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो’ उनले भनेका छन् ।
थापाले त्यही गीतको केही लाइन लेख्दै सामाजिक सञ्जालमा विरक्ति पोखेका हुन्।

Edit Aid Coupon Code EssayWriter.ca coupon code paperhelm promo code 99Papers Review +5% OFF do my assignment for me write research paper DissertationGuru Discount code AllAssignmentHelp.co.uk coupon code professional paper writing UnemployedProfessors Promo Code Aussiessay.com Discount ResumeValley Discount Promo Codes Up to 40% Writingcities.net Promo code 2023