दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराजको बहस सुरु – The kathmandu news

दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराजको बहस सुरु

काठमाडौँ: सिभिल सहकारीका निक्षेपकर्ताको अरबौं रुपैयाँ हिनामिना गरेको आरोपमा दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङको हिजोदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरु भएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा बयान लिन थालिएको हो ।

तामाङसहित थुनामा रहेका १२ जनालाई हिजो प्रहरीले हतकडी लगाउँदै भ्यानमा हालेर अदालत लगेको थियो । हिजोदेखि शुरु भएको बयान नसकिएकाले आज पनि जारी रहने बताइएको छ । भोलि र पर्सि दुई दिन थुनछेकको बहस हुने अदालती स्रोतले जानकारी दिएको छ ।

तामाङलगायतसँग ५ अर्ब ६९ करोड रुपैयाँ बिगो मागिएको छ । हिजोसम्मको बयान र कागजी प्रमाण हेर्दा बदमासीमा सहकारीका सामान्य तहका कर्मचारीहरुको संलग्नता खासै नदेखिएको स्रोतले जानकारी गराएको छ । तामाङलगायतका सहकारी,सिभिल होम्स र विभिन्न कम्पनीका सञ्चालकहरुको भने संगठित संलग्नता पाइएकाले उनीहरु स्वतः अरु जेल जाने अवस्था देखिएको हो ।

‘अभियुक्तहरु माग गरिएको बिगो रकम तिर्न नसक्ने भन्दै दुर्गम गाउँका बाँदर लड्ने पाखो र भीरको जग्गा धरौटी राखेर छुट्न सक्छन् । कानुनबमोजिम ७० हजार रुपैयाँ मात्र जरिवाना तिरे पुग्छ भन्ने व्यवस्था छँदैछ । तर पीडित भने मर्काको मर्कैमा पर्ने अवस्था छ ।’

तर,राज्यको नयाँ फौजदारी कानुनमा रहेको छिद्रको दुरुपयोग हुनसक्ने आकलनसमेत गरिएको छ । पुरानो कानुन मुलुकी ऐनअनुसार जाहेरवालाहरुसँग दाबी गरिएको बिगो र सोही बराबरको रकम भराउने गरिन्थ्यो । तर,अहिले फौजदारी अपराध संहितामा त्यस्तो व्यवस्था नरहेकाले जतिसुकै रकमको अपराध गरे पनि ७० हजार रुपैयाँ मात्रै जरिवाना र दुई वर्ष जेल जाने कानुन बनाइएको पाइएको छ ।

‘पहिलेको कानुनमा बिगोबराबरको जरिवाना हुन्थ्यो,अहिले त्यो हटाइएको छ,’ एक जना कानुन व्यवसायीले भने । उनका अनुसार यसअघि जिल्ला अदालत काठमाडौंमा ४० लाख रुपैयाँ बिगोको मुद्दा लागेका अभियुक्त ७० हजार जरिवाना र तोकिएको जेल अवधि पूरा गरेर निस्केका थिए ।

उनै कानुन व्यवसायीले प्रष्ट पार्दै भने, ‘अभियुक्तहरु अब माग गरिएको बिगो रकम तिर्न नसक्ने भन्दै दुर्गम गाउँका बाँदर लड्ने पाखो र भीरको जग्गा धरौटी राखेर छुट्न सक्छन् । कानुनबमोजिम ७० हजार रुपैयाँ मात्र जरिवाना तिरे पुग्छ भन्ने व्यवस्था छँदैछ । तर उसले ठगेको पीडित भने मर्काको मर्कैमा पर्ने अवस्था छ ।’

अब तामाङ र उसको समूहले पनि त्यहि अत्तो थापेर बस्ने सम्भावना देखिन्छ । उनीहरुले आफ्नो थप जायजेथा नभएको देखाएमा विद्यमान कानुनअनुसार २ वर्ष जेल बसेर ७० हजार रुपैयाँ जरिवाना तिरे ५ अर्ब ६९ करोड बिगो रकम तिर्न नपर्ने अवस्था उत्पन्न हुने कानुन व्यवसायीहरु बताउँछन् ।

तर, यो समूहमाथि सम्पत्ति शुध्दिकरण विभागले समेत छानबिन अगाडि बढाएकाले अर्को मुद्दासमेत पर्ने तयारी छ । उनीहरुले ठगीधन्दा चलाउँदै गर्दा एकाघरका परिवारको नाममा सम्पत्ति राखेको हुनसक्ने प्रहरीको अनुसन्धानमा संलग्न कतिपयले आशंका गरेका छन् । प्रगतिशील कानुनको रुपमा जारी गरिएको पछिल्लो फौजदारी अपराधसंहिताको आडमा संगठित ठगी थप मौलाउनसक्ने अवस्था देखिएको बताइन्छ ।

 

Discount Coupon proessaywriting discount code paperhelp promo code Custom-Writing.org Coupon Code GrabMyEssay Promo Code, Coupons, Discount Codes and Review CustomPapers Promo Code, Coupons, Discount Codes and Review academic term papers essay help services pay for homework Promo Codes resumeedge promo code Tutlance.com discount code EvolutionWriters Discount Promo Codes Up to 40% homework help accounting Writingcities.net Promo code 2023