प्रधानन्यायाधीशलाई महाभियोग लगाइदेऊ, हामीलाई बचाइदेऊ’ भनेर कसैलाई हारगुहार् गरेको छैन:भट्टराई – The kathmandu news

प्रधानन्यायाधीशलाई महाभियोग लगाइदेऊ, हामीलाई बचाइदेऊ’ भनेर कसैलाई हारगुहार् गरेको छैन:भट्टराई

काठमाडौं: नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले बारको आन्दोलन नतुहिएको दाबी गरेका छन् । उनले ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाइदेऊ, हामीलाई बचाइदेऊ’ भनेर कसैलाई हारगुहार नगरेको बताए ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष भट्टराईले भने, “नेपाल बारको आन्दोलन कदापि तुहिएको छैन । प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतको प्रांगणलगायत देशभरका अदालतमा एक घण्टा शान्तिपूर्ण धर्ना जारी छ । यसमा तपाईंले चिन्ता गर्नुपर्ने कुनै विषय छैन ।”

अहिले आन्दोलनमा धेरै मान्छे जुटाउने भन्दा पनि सांकेतिक विरोध गरेको उनले दाबी गरे । उनले थपे, “आन्दोलनमा बारका सबै युनिट एकताबद्ध छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले समयसीमाभित्र राजीनामा गर्न नैतिक दबाब दिएका हौं । अहिले नै सबैलाई पेसा व्यवसाय छाडेर धर्नामा आउनोस् भन्ने अवस्था बनेको छैन ।”

बार उपाध्यक्ष भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका नेताहरुलाई भेटेर प्रधानन्यायाधीशलाई महाभियोग लगाइदेऊ, हामीलाई बचाइदेऊ भनेर हारगुहार नगरेको पनि उनको जिकिर छ । उनले भने, “हामीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामाका लागि दबाब सिर्जना अवश्य गरेका हौं तर न्यायपालिकामा हस्तक्षेप गर्ने दलहरुको शैली र प्रवृत्तिको विरुद्ध आन्दोलित भएका हौं । नेपाल बारले कुनै पार्टीको एजेन्डा बोकेको छैन ।”

नेपाल बार जनताको न्याय पाउने अधिकारमा आघात पार्नुहुँदैन भन्ने स्पष्ट रहेको पनि उनले बताए । उनले भने, “बहस पैरवी ठूलो कुरा होइन । हाम्रो आन्दोलन अदालत अवरुद्ध गर्नेमा होइन पनि । स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठेपछि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नु राम्रो हो । आन्दोलन स्थगित भएको होइन र छैन । बिहान ११ देखि १२ सम्म धर्ना कायमै छ ।”

Discount Coupon EssayBot Discount code Senperfect.com Coupon Code Bestdissertation Promo Code, Coupons, Discount Codes and Review GradeMiners Discount Promo Codes Up to 40% EssayPro.com Discount Code Resume2Hire Discount Promo Codes Up to 40% Discount Code Edusson Coupon Code SpeedyEssay.co.uk discounts