0
Shares

काठमाडौं : कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका हुन् ।
प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छोड्न तयार भएको बताएका छन् ।
रामचन्द्र पौडेलले एकपटकका लागि आफूलाई छोडिदिन भनेकाले आफू छोड्न तयार भएको उनले बताएका छन् । उनले अरुका नाममा सहमति भयो भने उनीहरू पनि छोड्न तयार हुनुपर्ने बताए ।