कांग्रेस महाधिवेशनमा गुरुङले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा – The kathmandu news

कांग्रेस महाधिवेशनमा गुरुङले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

पूर्वराज्यमन्त्री समेत रहेकी गुरुङले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनले आफुले लामो समयदेखि पार्टी र आदिवासी जनजाति समुदायको कार्य गर्दै आएको बताउदै आदिवासी जनजातितर्फ नै सहमहामन्त्रीको दाबी गर्ने बताइन् ।

कांग्रेसले यसपटकको महाधिवेशनमा खस आर्य, महिला, मधेसी, आदिवासी जनजाति र दलितसहित ८ वटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था गरेको छ । नेतृ गुरुङ सभापति शेरबहादुर देउवानिकट हुन् । उनी केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुख पनि हुन्।

Iproof.ca Promo code 2023 bestessays discount code Youressayhelper.com Discount Code Complete My Assignment Coupon Code bemo promo code TutorsHelpOnline.com Coupon Essaypedia.com Discount Codes how much to pay someone to write a paper