काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेसनको उद्घाटन हुन दुई दिन बाँकी रहँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको तेस्रो धार भनिने कृष्णप्रसाद सिटौलालाई भेटेका छन्।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका नेताहरुको वैठक सुरुहुने बित्तिकै बाहिरिएका पौडेलले सिटौलालाई भेटेका हुन्। बैठकबाट निस्कँदै गर्दा पौडेललेउनले संस्थापनइतरले जसलाई छान्यो उसैलाई मान्ने चारजनाबीच सहमति भएको बताएका थिए।
आज बिहान सिटौलाको निवास नै पुगेर पौडेलले सिटौलासँग कुरा गरेको बताइएको छ । इतर पक्षको बैठक अहिले पनि अनुपम फुडल्यान्डमा जारी छ । भेलामा रामशरण महत, अर्जुननर सिंह केसी, मिनेन्द्र रिजाल, गगन थापा, दिलेन्द्र बडु, चित्रलेखा यादव लगायतका नेताहरु उपस्थति छन्।
आजको बैठकले साझा सभापतिको उम्मेदवार तय गर्ने नेताहरुले मंगलबार नै घोषणा गरेका थिए। यता, पूर्वमहामन्त्री सिटौलाको निवासमा पनि उनको समूहको बैठक अहिले जारी छ ।
चन्डोलस्थित सिटौला निवासमा पनि सिटौला पक्षले उम्मेदवार चयन तथा महाधिवेशनमा चुनावी तालमेलबारे छुट्टै बैठक राखेका छन्। आज एकसाथ संस्थापन ९देउवा०, संस्थापन इतर (पौडेल) र सिटौला पक्षले बिहानैदेखि आआफ्ना बैठक गरिरहेका छन्।