पौडेलले आफुलाई अन्तिम मौका दिन कोइरालालाई गरे यस्तो आग्रह

0 Shares

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति कसलाई बनाउने भन्नेबारेमा सकारात्मक छलफल भइरहेकाले सहमति उल्लेख गरेका छन् ।

नेता प्रकाशमान सिंहनिवास चाक्सीबारीमा भएको छलफलपछि महामन्त्री कोइरालाले आफूले दाबी छोडेको र बाँकी तीन जनालाई मिलेर आए आफूलाई आपत्ति नरहेको बताए ।

बाँकी तीन जनामध्येबाट सभापतिको एक मात्र उम्मेदवार बन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक सभापतिमा उठ्न आफ्नो नाममा सहमति गर्न आफू पक्षका नेताहरूलाई आग्रह गरेका छन् ।

नेता पौडेलले आफ्नो यसपटक अन्तिम मौका रहेको र यति लामो समयसम्म पार्टीमा काम गरेकाले अन्तिम मौका दिन नेताहरूलाई आग्रह गरे ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार बेलुकासम्म संस्थापनइतर पक्षबाट एकजना साझा उमेदवार टुङ्गो लगाउने स्पष्ट पारे ।

साझा उम्मेदवार तय गर्न मंगलबार बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि नेता पौडेलले बुधबार बेलुकासम्ममा उम्मेदवार टुङ्ग्याउने दाबी गरे ।

पार्टीका महामन्त्रीसमेत रहनु भएका सभापतिको दाबेदार नेता कोइरालाले आफ्नो दाबी छोडेका छन् । बहालवाला सभापति शेरबहादुर देउवालाई पराजित गर्ने भन्दै नेता कोइरालाले आफ्नो दाबी छोडे ।

सम्बन्धित समाचार

सबै