थापाले खेलमा हारेपछि फुटबलनै फुटाउन खोजे : खतिवडा

0 Shares

काठमाडौं: प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले कमल थापाले फुटबलमा पराजित भएपछि फुटबलनै फुटाउन खोजेको भन्दै व्यङ्ग्य प्रहार गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल ट्विटरमा लेख्दै, ‘कमल थापाले फूटबल खेलमा भाग लिए तर, आफू पराजित भए पछी फुटबल फुटाउन पो लागेछ्न । अब खेलमा नयाँ नियम लागू गर्न लागेछ्न’ ।

थापा केहीदिन अघि मात्र सकिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय एकता महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

तर, युवा नेता राजेन्द्र लिङ्देनसँग पराजित भएपछि सामाजिक सञ्जाल मार्फत हारको आक्रोश पाखिरहेका छन् ।

सम्बन्धित समाचार

सबै