मौसम : बदलीसँगै वर्षाको सम्भावना, प्रदेश १ मा आंशिकदेखि सामान्य बदली ! – The kathmandu news

मौसम : बदलीसँगै वर्षाको सम्भावना, प्रदेश १ मा आंशिकदेखि सामान्य बदली !

काठमाडौं: आज देशका अधिकांश स्थानमा आशिंक बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ का भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले पुर्वानुमान गरेको छ। यसबाहेक अन्य सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज राति प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान मौसमविद्ले गरेका छन् । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाले जनाएअनुसार प्रदेश १ र २ का केही भूभागमा राति हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

sleek promo code