नेकपाले गर्यो प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय – The kathmandu news

नेकपाले गर्यो प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो ।

प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

त्यस्तै बैठकले हाल कायम रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल नगर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । त्यस्तै बैठकले प्रदेश कमिटीको सदस्य संख्या बढाउने निर्णय पनि गरेको छ ।

जसअनुसार प्रदेश नम्बर १ मा २५९, प्रदेश नम्बर २ मा २७१, बागमती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको कमिटी बनाउने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा माओवादी पार्टी प्रवेश गर्नेहरुको सम्बन्धमा अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको ३ सदस्यीय कार्यदल बनाएको छ भने महिला विभाग गठन गरेर विभाग प्रमुखको जिम्मेवारी पम्फा भुसाललाई दिने र अरु सदस्यहरुलाई पछि थप्ने निर्णय भएको प्रवक्ता महराले जानकारी दिए ।

Study Bay Coupon Code EduBirdie.com coupon code Thesis-writingservice.com Promo Code someone doing homework do my math homework for money EssayVikings.com site discount Quick Assignment Help Coupon Code ABTermpapers Discount Promo Codes Up to 40% write my essay org premieressay discount code DoMyPresentationForMe Discount Promo Codes Up to 40% PayTheGeek.com discount code EssayMama Discout Code LiveWebTutors.com coupon code Discount Coupon pay for a research paper 5StarEssays.com discounts