अहिलेसम्म पनि पौडेल पक्षले उम्मेदवार चयन गर्न किन सकेन? यस्तो छ कारण ! – The kathmandu news

अहिलेसम्म पनि पौडेल पक्षले उम्मेदवार चयन गर्न किन सकेन? यस्तो छ कारण !

काठमाडौं: नेपाली काँग्रेसको महाधिवेशन सुरु हुनै लाग्दा रामचन्द्र पौडेल पक्षले सभापतिको एकल उम्मेदवार चयन गर्न सकेको छैन। सो पक्षमा पौडेलसहित शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबी गर्दै आएका थिए।

केही दिनयताको एकल उम्मेदवार खोज्न भइरहेको प्रयासमा पौडेल र शशांकले दाबी छाडेका थिए। तर उनीहरूले एकल उम्मेदवार तय हुनुपर्ने बताउँदै आएका थिए। त्यसैले शेखरलाई आधिकारिक उम्मेदवार बनाउने प्रयास पनि गरिएको थियो। तर अर्का दाबेदार सिंहले सहमति भए आफ्नै नाममा हुनुपर्ने, नभए प्रतिस्पर्धामा जानुपर्ने बताउँदै आएका थिए।

सिंहले बरु प्रतिस्पर्धामै जाऔं भनेर अडान राखेपछि पौडेल पक्षका अन्य नेताहरूले शेखरलाई आधिकारिक उम्मेदवारको रूपमा प्रस्तुत गर्न लागेका छन्। ‘प्रकाशमानले दाबी नछाडेपछि हामीले शेखरलाई आधिकारिक उम्मेदवारको रूपमा अघि सार्न खोजेका छौं,’ यो समूहको उम्मेदवार व्यवस्थापनमा खटिएका एक नेताले भने, ‘महाधिवेशन उद्घाटनअघि नै त्यसको टुंगो लाग्छ होला।’

सो पक्षको बैठक अनुपम फुडल्यान्डमा जारी छ। बैठकमा सभापतिका आकांक्षी भने आएका छैनन्। शुक्रवार १ बजे भृकुटीमण्डपमा चौधौं महाधिवेशनको उद्घाटन हुँदैछ।

 

GrabMyEssay Discount Promo Codes Up to 40% how to do school work PHDify.com discounts write paper online free papers for money Promo Coupons ParaphrasingUK.com promo code Paperhelp.org promo code 99papers discount code TigerEssay.com Promo Geeklyhub.com Promo code 2023 Your Promo Code