0
Shares

काठमाडौँ : बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री क्याटरीना कैफले बिहीबार बिहे गरेका छन् ।
यो जोडीले भारतको माधोपुरको सिक्स सेन्स पोर्ट बर्वारामा बिहीबार बिहे गरेका हुन् । भारतीय मिडियामा प्रसारित समाचार अनुसार यी दुईले बिहीवार स्थानीय समयअनुसार साँझ ५ बजे बिहे गरेका हुन् ।
यी दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बिहेका केही तस्वीर सार्वजनिक गरेर आफ्ना फ्यानलाई बिहेबारे जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विक्की र क्याटरीनालाई सामाजिक सञ्जालमार्फत फ्यानहरुले बधाई दिएका छन् ।
बलिउडमा केही समयदेखि विक्की र क्याटरीनाको बिहेको खबरले शीर्ष स्थान पाएको थियो । यी दुईको बिहेका बारे विभिन्न खबर बाहिरिएका थिए । बिहेमा क्याटरीनाले रातो लेहेंगा लगाएकी थिइन् भने विक्कीले सेतो शेरवानी लगाएका थिए ।