डीआईजी खरेलद्धारा नेपाल सुशासन पार्टी घोषणा – The kathmandu news

डीआईजी खरेलद्धारा नेपाल सुशासन पार्टी घोषणा

काठमाडौँ: नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा नयाँ पार्टी घोषणा हुने भएको छ। विगत दुई वर्षदेखि सुशासन अभियान चलाइरहेका पूर्व डिआइजी खरेलले आज शुक्रबार नेपाल सुशासन पार्टी नामक पार्टी घोषणा गर्ने बताएका हुन्।

अभियानका केन्द्रीय सदस्य गोविन्द गिरीले आफूहरुले विगत दुई वर्षदेखि विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै सोही अभियानलाई दलमा रुपान्तरण गर्दै पार्टी घोषणा गर्न लागिएको बताए।

उनले अभियानले खासै परिवर्तन गर्न नसकेको उल्लेख गर्दै देशमा सुशासन, शान्ति, समृृद्धि कायम गर्नका लागि पार्टीको आवश्यकता महशुस भएको बताउँदै सोही आवश्यकता पूरा गर्न पार्टी घोषणा हुने बताए।

Discount Code 1 Click Dissertation Coupon Code 5StarEssays Coupon Code help with accounting problems proessaywriting com promo code