गाउँमा कार्यक्रम हुँदा नेता होइन, कुन चोर आए भन्छन्: राजेन्द्र लिङ्देन

0 Shares

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकभन्दा बाहिर गएको बताएका छन्। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष लिङ्देलले यस्तो बताएका हुन्।

उनले भने, ‘संसद संसद जस्तो छैन, राजनीति राजनीतिजस्तो छैन, अदालत अदालतजस्तो छैन।’ नेताप्रति जनताको विश्वास गुमेको अवस्था रहेको उनले उल्लेख गरे।

अहिले नेताहरूले पूर्णरूपमा जनताको विश्वास गुमाएको उनले बताए। उनले गाउँमा नेताहरु आउँदा कुन चाहिँ चोर आएछ भन्ने गरेको बताए। नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा लिन नेताहरुलाई उनले आग्रह गरे।

सम्बन्धित समाचार

सबै