राष्ट्रपति आज जुम्ला प्रस्थान – The kathmandu news

राष्ट्रपति आज जुम्ला प्रस्थान

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान जुम्ला प्रस्थान गरेकि छन् । उनी बिहान नेपाली सेनाको हेलिकोप्टर चढेर त्यसतर्फ लागेकि हुन् ।

उनी चन्दननाथस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रममा सरिक हुन जुम्ला प्रस्थान गरेको शितल निवास स्रोतले बताएको छ । साँझ राजधानी फर्कने कार्यक्रम रहेको बताइएको छ ।

राष्ट्रपतिले प्रयोग गर्ने सेनाको हेलिकोप्टर पछिल्लो समयमा नजिकैको सेनाको भैरवनाथ गण रहेको लक्ष्मी निवासबाट उड्ने र बस्ने गरेको छ । आज पनि उनी चढेको हेलिकोप्टर बिहान त्यहिँबाट उडेको थियो ।

सामुन्ने रहेको शीतल निवासबाट लक्ष्मी निवाससम्म पुग्न राष्ट्रपतिको सवारी दलले १० मिनेटको समय छुट्ट्याउने गरेको छ । आज पनि उहाँ साढे ८ बजे शीतल निवासबाट बाहिरिएकी सुरक्षा स्रोतले बताएको हो ।

आज बिहान जुम्लामा तापक्रम माइनस ३ डिग्री रहेको बताइएको छ । काठमाडौंमा पनि आज बिहानको तापक्रम यो वर्षको सबैभन्दा कम ३ डिग्रीको हाराहारीमा रहेको छ ।

Buyessaysonline1.com Discount Code WritePass.com Coupon