0
Shares
काठमाडौं: बेलायती वैज्ञानिकहरूले कोभिड-१९ को खोपको दुई डोजले भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई असर नगर्ने बताएका छन्।
बेलायतमा ओमिक्रोन र डेल्टा भेरियन्टहरूको प्रारम्भिक विश्लेषणले नयाँ भेरियन्टलाई रोक्न खोप कम प्रभावकारी भएको देखाएको छ।
तर, तेस्रो बुस्टर डोजले लगभग ७५ प्रतिशत मानिसहरूलाई कुनै न कुनै रूपमा कोभिडबाट सुरक्षित राख्न सफल भएको छ। युके हेल्थ प्रोटेक्शन एजेन्सीको रिपोर्टले ५८१ ओमिक्रोन केसहरू र हजारौं डेल्टा केसहरूमा यो खोप नयाँ भेरियन्टविरुद्ध कत्तिको प्रभावकारी छ भनेर पत्ता लगाउन यो अनुसन्धान गरेका थिए।
द्रुत रूपमा उत्परिवर्तन भइरहेको ओमिक्रोनको बारेमा सबैभन्दा ठूलो चिन्ता भनेको यो खोपमा कम प्रभावकारी भएको भनिएको छ।