जन्ती बोकेको बस दुर्घटना हुदाँ चालकको मृत्यु , ८ घाइते – The kathmandu news

जन्ती बोकेको बस दुर्घटना हुदाँ चालकको मृत्यु , ८ घाइते

काठमाडौँ: सिन्धुपाल्चोकमा गएराति जन्ती सबार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका प्रहरीले जनाएको छ।

बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती सबार बा २ ख ५६१४ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा सोही बसका चालक बलेफी–६ का राजु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

दुर्घटनामा घाइते भएका ८ जनाको सिन्धुपाल्चोक र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बलेफी( ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

ExpertWriters.co.uk Coupon