साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु – The kathmandu news

साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु

एजेन्सी: साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु भएको छ ।प्राप्त समाचार एजेन्सी अनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरूको ज्यान गएको साउदी अ‍ेरिबयाको सरकारी प्रेसले जनाएको छ ।

यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिवार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ ।

यहाँ १९० जना मारिएका र अरू कैयौँ घाइते भएका यमनको सरकारी सेनाले पनि शनिवार राति पुष्टि गरेको जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ ।

उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठुलो सङ्ख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।

साउदी प्रेसका अनुसार यहाँको सेनाले शनिवार गएको २४ घण्टाभित्रमा कम्तीमा पनि ३६ ओटा साना ठुला आक्रमणहरू गरेको पाइएको छ । उक्त हवाई आक्रमणमा १९० जना हुथी विद्रोही मारिएका र त्यस कारबाहीका क्रममा अरू केही घाइते भएका पनि बताइएको छ ।

शनिवारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरूका कम्तीमा पनि २० ओटा आश्रय स्थल नै ध्वस्त पारिदिएको बताइएको छ ।

उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ ।

यमनको गृहयुद्धका कारण हजारौँको ज्यान गइसकेको छ भने लाखौँ विस्थापित छन् ।यस पछिल्लो कारबाहीका क्रममा हुथीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियारहरू पनि पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

pay for professional resume Academon Discount Promo Codes Up to 40% online research paper writing accounting homework answers free Uk.superiorpapers.com Discount Privatewriting.com Discount Coupon AssignmentGeek Coupon Code Edusson Reviews where can i get a resume made Ukessayexperts.co.uk Promo Codes 2023 BuyEssays.us Coupon Assignmentdesk.co.uk Promo Codes 2023 essay writer service free writemypapers org discount code help me essay GenuineWriting.com discount code JustDoMyEssay Promo code Essayforever.com Promo 2023 Ivoryresearch.co.uk Coupon Code