काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मतदान शसुरु हुँदै – The kathmandu news

काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मतदान शसुरु हुँदै

काठमाडौं : नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज (सोमबार) बिहानबाट मतदान शसुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहानदेखि मतदान शुरु गर्ने तयारी रहेको छ ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश-२ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ । निर्वाचन समितिका अनुसार सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना शुरु हुने छ । कांग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने उल्लेख छ । यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको मतदान भएमा पनि राष्ट्रिय सभागृहमै मतदान हुनेछ र मतगणना पनि सभागृहमै हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । निर्वाचनमा मतदानका लागि ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । त्यस्तै, निर्वाचनमा २९ वटा मतपत्र प्रयोग गरिनेछ । आजको मतदानमा ४,७३० मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

 

Buy Your Promo Code On EssayWriter24.com Essayok.net Promo code 2023 Ukassignmentshelp.co.uk Discount Code do my accounting homework Essay-on-time.com Discount Courseworkmojo.co.uk Promo Codes 2023 EssayOnTime.com Discount Code thesis statement helper