अब पार्टी तुफानले अघि बढ्छ :ओली

0 Shares

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने बताएका छन् ।

आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले स्थायी कमिटी तथा पोलिटव्यूरो गठन मन नपरेको भए पनि मान्नुपर्ने बताए ।

पार्टीको महाधिवेशन भर्खर भएको र केन्द्रीय कमिटी सर्वोच्च संस्था भएको भन्दै उनले भने, ‘आज जिम्मेवारी पाइएन भने भोलि पाइएला ।’

चुनाव आएको भन्दै उनले जिल्ला र प्रदेश अधिवेशनमा व्यापक जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम गर्नुपर्ने बताए । ओलीले अघि भने, ‘हामी तुफानको रुपमा अगाडी बड्छौं । कम्तीमा ६० प्रतिशत भोट हाम्रो पक्षमा ल्याऔं ।’

सम्बन्धित समाचार

सबै