0
Shares
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु राम्रो नभएको बताएका छन् ।
सोमबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । आइतबार माओवादी अध्यक्ष प्रचण्डले पुँजीवादको विकासले जनताको हित नगर्ने बताएका थिए ।
सोको प्रभावस्वरुप सोमबार सेयरबजार राताम्मे भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०० भन्दा बढी अंकले घटेको छ। बजार खुलेदेखि नै तिव्र गतिमा ओरालो लागेको नेप्से, साढे २ घण्टामा १००.८२ अंक घटेर २२६०.४२ विन्दुमा झरेको हो।