
काठमाडौं : नेपाली काँग्रेसका नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । देउवा पक्षका नेता बालकृष्ण खाँणले सिंहलाई भेटेर फर्केलगत्तै डा। शेखर कोइरालाले प्रकाशमान सिंहलाई निवासमै गएर भेटेका हुन् ।
भेटका क्रममा डा। कोइरालाले अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका थिए । जवाफमा सिंहले आफ्नो टिमका नेताहरूसँग छलफल गरेर सामूहिक रूपमा निर्णयमा पुग्ने जवाफ दिएका थिए । यसअघि सिंहले बालकृष्ण खाँणलाई पनि यही जवाफ दिएर पठाएका थिए ।
खाँणले दोस्रो चरणमा देउवालाई सघाउन सिंहसँग आग्रह गरेका थिए । प्रकाशमान सिंहले पहिलो चरणको चुनावमा ३७१ मतका साथ तेस्रो स्थान हासिल गरेका छन् । उनको टिममा सुजाता कोइराला, विश्वप्रकाश शर्मा लगायतका नेताहरू छन् । टिममा छलफल गरेर देउवा र कोइरालामध्ये कसलाई सघाउने भन्ने निर्णयमा पुग्ने सिंहले दुवै तर्फका नेताहरूलाई जवाफ दिएको सिंहका सहयोगी युपी लामिछानेले बताए ।