पार्टी फुट्यो भनेर चिन्ता नगर्नुस् :नेपाल – The kathmandu news

पार्टी फुट्यो भनेर चिन्ता नगर्नुस् :नेपाल

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा वामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन्।

बुधबार पार्टीको वाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूहरू बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गरे।

पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए। देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उनले निर्देशन दिए।

उनले भने, ‘आमनागरिकलाई चेतनशील र सङ्गठित बनाएर मात्रै परिर्वतन सम्भव छ ।’ देशभरमा आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले बताए। सबै प्रदेशका र विभिन्न जिल्लामा पार्टी र सङ्गठन विस्तारका क्रममा रहेको र कतिपय जिल्लामा ठूलै परिवर्तन आइरहेको उनको भनाइ छ। वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशिल बनाउन उनले निर्देशन दिए। उनले भने, ‘अरु पार्टीभन्दा कसरी भिन्न पार्टी बनाउने भन्नेमा हाम्रो ध्यान पुग्नुपर्छ।’

राजधानी काठमाडौं र अरू विभिन्न शहरमा सडकको अवस्था खराब भएको उनले बताए। सरकारमा फरक–फरक पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको उनको भनाइ छ। राजनीतिक क्रान्ति जोगाउन बामपन्थी र लोकतान्त्रिक शक्तिसँग मिलेर लागेको उनले बताए। उनले भने, ‘शेरबहादुर देउवा मात्रै होइन काङ्ग्रेसका अरू नेता पनि गठबन्धनलाई अघि बढाउनुपर्ने मान्यता राख्नुहुन्छ।’ रासस

Newtonessay.com Discount Code EssayUSA Discount Promo Codes Up to 40% mymathlab access code free Realdissertationhelp.co.uk Discount Code MidnightPapers.com coupon code Secureassignmenthelp.com Discount PayToWriteMyEssay.com Coupon paper presentation promo code InstantAssignmentHelp Discount Promo Codes Up to 40%