काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगणना सम्पन्न भइसकेको छ।
निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगणना सुरु गरेको छ । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ। अहिले साढे ६ बजेपछि मतगण्ना सुरु भएको हो ।
२ जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का, धनराज गुरुङ, डा चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी शाह र सुजाता कोइराला उम्मेद्वार छन् । सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलबाट गच्छदार र खड्का तथा सभापतिमा पराजित डा। शेखर कोइरालाको प्यानलबाट भण्डारी र गुरुङ उम्मेदवार रहेका छन् ।
उपसभापतिको मत गणना सकिएपछि महामन्त्रीको गणना गर्ने निर्वाचन समितिले जनाएको छ । १३४ सदस्यीय कार्यसमिति महाधिवेशनले चयन गर्नेछ । ती मध्ये सभापतिमा देउवा विजयी भएका छन् भने केन्द्रीय सदस्यमा आनन्द ढुंगना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।