१०७५ मतगणना सकियो, गगनको ६७३ – The kathmandu news

१०७५ मतगणना सकियो, गगनको ६७३

काठमाडौं: नेपाली काँग्रेसको महामन्त्रीका लागि भएको मतदानको मत परिणाम आउने क्रम सुरु भएको छ। अहिलेसम्म ९ सय मत गणना भइसकेको छ। निर्वाचन समिति स्रोतका अनुसार अहिलेसम्मको मत गणना परिणाम अनुसार गगन थापालाई ६७३ जनाले मतदान गरेको पाइएको छ भने विश्वप्रकाश शर्मालाई ४३४ मत दिएका छन्। त्यस्तै प्रदिप पौडेल ३४२, डा. प्रकाश शरण महत ३५३, डा. मिनेन्द्र रिजाल १९४ र राजाराम कार्की ३८ मत पाएका छन्।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो। महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदिप पौडेल, डा. मीनेन्द्र रिजाल, डा। राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार हुन्। सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो। सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन्। यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

सभापति र उपसभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाती १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।

Discount Code Fastassignmenthelp.co.uk Promo code 2023 CustomPapers Promo Code, Coupons, Discount Codes and Review EssayAssist.net promo code Essaychip.com Discount custom written college papers my assignment