ग्वादर: नाकाम पाकिस्तानको एक उदाहरण

0 Shares

सधैं भारतको खेदो खन्ने र उनलाई आफ्नो जन्मजात शत्रु मान्ने पाकिस्तान भने आफ्ना शहर र जनताप्रति रत्तिभर चिन्तित देखिदैनन् । अनेकौ आतंकवादी संगठन को घर रहेको राष्ट्र भनेर पनि चिनिने पाकिस्तानको ध्यान शिक्षा र विकासमा कहिलै केन्द्रित हुन सकेन । यसका विभिन्न उदाहरणहरु छन । बलुचिस्तान राज्यको ग्वादर शहर त्यस्तै एक उदाहरण मध्ये हुन ।

स्थापना कालदेखि नै आफ्नो उपद्रवी मानसिकताकै कारण देशको मानव विकास सुचकाङ्क वरपरका कैयौं साना मुलुक संगको तुलनामा निकै तल छ । यसको प्रमुख कारण उसको पटक पटकको युद्ध मानसिकता, राजनीतिक उथल पुथल र आतंकवादी क्रियाकलापमा प्रत्यक्ष संलग्नता नै हो । उसकै शोसन र दमन असह्य भएर उ संगै छुट्टिएको बांगलादेश अहिले आफ्नो समृद्धशीला स्थापित गरिसकेको छ । भने उसको एकमात्र कश्मिर बिवादले विश्व आतंकको जड़ स्थापित गरेको छ । भारत संगको सिमानामा दिनहुँ गोलिवारी खेल्दै रमाएको पाकिस्तान आफ्नो अर्थतंत्रलाई चीन समक्ष बन्धक राख्नैपर्ने अवस्थामा पुग्न लागेको छ । चर्चित क्रिकेट खेलाडी बाट क्रान्तिकारी राजनेता बन्ने प्रयासमा रहेका वर्तमान प्रधानमंत्री ईमरान खानले अनेकन तमाशा गरेर पनि राष्ट्रमाथिको ऋणभारलाई घटाउन नसकिने बुझिसकेको छ ।

केही दिन पहिले ‘पाकिस्तानमा ग्वादरको रिट्रोसेसनको टघ वर्षस् उपलब्धिहरू, सम्भावनाहरू, र चुनौतीहरू’ शीर्षकको वेबिनारको आयोजन गरियो। आयोजक संस्थाहरु , नेशनल इन्स्टिच्युट अफ मेरिटाइम अफेयर्स (NIMA) र सेन्टर फर स्ट्र्याटेजिक एण्ड कन्टेम्परेरी रिसर्च (CSCR) सँगको सहकार्यमा नीति अध्ययन (IPS),, इस्लामाबाद ले संयुक्त रुपमा ग्वादर को विकासमा भएको उपेक्षाहरु प्रति केंद्रित भई बोल्नका लागि पाहुनाहरु आमंत्रण गरेका थिए । जसमा ग्वादरका विधायक कौडा बाबरले पनि राज्यको शासन संकटले नै बलुचिस्तानका अन्य शहरहरु सहित ग्वादर पनि विकासक मापदण्डमा पछि परेको बताए । वक्ताहरुले पाकिस्तानमा शासन संकट यसको स्थापनाकाल देखि नै रहदै आएको स्विकार गरेका छन जसबाट अछुतो ग्वादर पनि हुन सकेन । यद्यपि, वक्ताहरुले ग्वादरका जनतालाई सीप विकास, डिजिटल कनेक्टिभिटी, खाद्य सुरक्षा, विद्युत उत्पादन र खानेपानीको व्यवस्था सम्बन्धी संचालन हुन लागेको धेरै विकास परियोजनाहरूको लाभ अब प्राप्त हुने आशा राखेका छन । ग्वादर एक समुंद्र छेउको शहर हो जुन बन्दरगाह सञ्चालनका लागि अति उपयुक्त हुने बताईएको कुरो पाकिस्तान बाटै अपरेट हुने ‘द न्युज डट कम’ ले लखेको छ ।

उक्त कार्यक्रममा कमोडोर (सेवानिवृत्त) डा. अन्जुम सरफराजले यस क्षेत्रमा ट्रान्सशिपमेन्ट हबको रूपमा ग्वादरको सम्भावनाको बारेमा प्रकाश पारे। उनले ग्वादर बन्दरगाह चीन, अफगानिस्तान, मध्य एसियाली गणतन्त्र (सीएआर) को पारवहन व्यापार ह्यान्डल गर्न र ट्रान्सशिपमेन्ट हबको रूपमा काम गर्न निर्माण गरिन सकिने बताए ।

सम्भावना अनेक रहेपनि पाकिस्तानको ध्यान कश्मिरमा आतंकवादी गतिविधि, अफगानिस्तानमा तालिवानी शासन, चीनिया सरकारलाई खुशी पार्ने तरिकाहरुमा बढि केंद्रित हुनु नै उसको पछौटेपनको कारकतत्व हुन । जसबाट उ कहिल्यै उम्कन सक्दैन ।

सम्बन्धित समाचार

सबै