काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् ।
सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना विपरीत नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको बताए ।
अध्यक्ष प्रचण्डले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र बिरोधी भएको पुष्टि हुने समेत बताए । उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि काँग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबी गरे ।
प्रचण्डले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने र ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउने बताए ।