काठमाडौँ : नेकपाका (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन तोड्न एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताएका छन् ।
समाजवादी प्रेस संगठनले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरेको बताएका हुन् ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि अवस्थामा गठबन्धनलाई निरन्तरता दिने आफूलाई बताएको दाहालको भनाइ छ ।
’एमालेले कांग्रेसलाई गठबन्धन तोडे एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको छ,’ दाहालले भने, ’प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन टुटाउने पक्षमा छैनौं भन्नु भएको छ ।’
ओलीले आत्मसुरक्षाका लागि प्रतिनिधिसभा विघटन गर्ने प्रतिक्रान्तिकारी कदम चालेको र अहिले पनि प्रतिगमनकै बाटोमा रहेको प्रचण्डको तर्क छ ।
प्रचण्डले प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बहुमत सदस्यहरुले ओलीलाई कारबाही गरेको सम्झिए । ‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए । सूर्य चिन्ह हाम्रो भइसकेको थियो,’ उनले भने, ‘बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो षड्यन्त्र अनुसार उनलाई बचाइएको हो ।’
ओलीले पनि हार स्वीकार गरेर नयाँ पार्टी दर्ता गरेको तर, असंवैधानिक रुपमा निर्वाचनमा आयोगमा लगिएका मानिसहरुले ओलीलाई बचाइएको उनको दाबी छ ।
ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको उनको दाबी छ । संविधानको धारा ७६९५० मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने , ‘तर माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने गर्नु भएको छ । यो भन्दा अराजीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र केही हुन्छ ?’