
काठमाडौं : न्याय सेवा आयोगको बैठक भोलि (बुधबार) बस्ने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर लोकसेवाले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्त गर्नका लागि बैठक बुधबारका लागि बोलाएका थिए ।
जिल्ला न्यायाधीशहरुको नियुक्तिका लागि लोक सेवा आयोगले परीक्षा लिएर न्याय सेवा आयोगलाई सिफारिस गर्ने व्यवस्था छ।
न्यायालय सुद्धीकरणको माग राख्दै सर्वोच्च अदालत र कानुन व्यवसायीबीच विवाद चलिरहेकाले बुधबारका लागि बोलाइएको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।