0
Shares
काठमाडौं : प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जारी राखेको छ।
एमालेले यसअघि आफ्नो पार्टीबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टी वैधानिकता नदिन माग गर्दै आएको छ ।
सो क्रममा सभामुख सापकोटाले विरोधमा उत्रिएका सांसदहरुलाई सहयोग गर्न आग्रह गरे ।
तर, एमालेले आफ्नो विरोधलाई जारी राखिरहेका बेला प्रेम सुवालले आफ्नो धारणा राख्दै प्रमुख प्रतिपक्षीलाई साथ लिन सुझाव दिए ।
प्रमुख प्रतिपक्षीको विरोधका बाबजुद ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ स्वीकृत भए ।