रुसको १ डोजले काम गर्ने – The kathmandu news

रुसको १ डोजले काम गर्ने

रुसले कोरोनाको सिंगल डोज खोप निर्माणमा हासिल गरेको छ । यस खोपको नाम स्पुतनिक लाइट दिइएको छ र यो खोप ७९ दशमलव ४ प्रतिशत प्रभावकारी हुने अधिकारीहरुले बताएका छन् ।  यो खोप मस्कोस्थित गामलिया रिसर्च इन्स्टिच्युटले बनाएको हो, यसअघि यही इन्स्टिच्युटले स्पुतनिक भी नामक खोप बनाएको थियो । विश्वका ६० देशमा यसको प्रयोग भइरहेको छ । रुसले यो खोपलाई कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोपका रुपमा प्रचार गरिरहेको छ ।भारतले स्पुतनिक खोपलाई अनुमति दिइसकेको छ र १ मेदेखि यसको पहिलो डोज भारतमा आइसकेको छ । त्यसैले, नयाँ सिंगल डोजको लाइट खोपलाई पनि भारतले चाँडै अनुमति दिने अनुमान गरिएको छ ।  स्पुतनिक भी जसरी नै स्पुतनिक लाईटलाई पनि रसियन डाइरेक्ट इनभेस्टमेन्ट फन्डले लगानी गरेको छ । यस कम्पनीका सिइओ किरिल दिमिट्रियवका अनुसार यस खोपको मूल्य १० डलर (झन्डै ११८० रुपैयाँ) पर्नेछ ।

यस खोपको फेज ३ ट्रायलमा ७ हजार मानिस समावेश भएका छन् । घाना, रुस र युएईमा ट्रायल चलेको थियो । २८९ दिनपछि यसको डाटा एनालाईज गरियो । जसअनुसार यो खोप कोरोनाका सबै नयाँ स्ट्रेनमा असरदार रहेको पाइयो । डाटाले देखाएअनुसार अन्य दुई डोजका धेरै खोपभन्दा यो धेरै असरदार छ ।

OriginWritings.com discount code write my essay for me reviews BrillAssignment.co.uk site discount Discount Code do your homework for you EssayThinker.com Discount AssignmentMaster.co.uk site discount need a resume done Sampleassignment.com Discount Blog MyHomeworkDone Discount Coupon ThesisGeek.com discount code need help writing my resume Academized Coupon Code Essay Writing Services Coupons Eduvinci.com Discount Code Papermatic.co.uk Discount Code EvolutionWriters Coupon Code Website Promo Codes