काठमाडौं : नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ । ११ पुसबाट काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि सहभागी हुनेछन् ।
पार्टीको सर्कुलर अनुसार १५ सय सदस्य बराबर एकजना सम्मेलन प्रतिनिधि र संघीय संसदको निर्वाचन क्षेत्रबाट दुई जना प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ र सबैभन्दा कम डोल्पा जिल्लाबाट तीन जना प्रतिनिधि छनोट छन् ।
अन्य जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि सहभागी हुने प्रतिनिधिमा सल्यान र कालीकोटबाट ११(११ जना, सुर्खेत र जाजारकोटबाट ९१० जना छनोट भएका छन् । मुगुबाट पाँच जना, दैलेख, जुम्ला र हुम्लाबाट सात-सात जना जना प्रतिनिधि छनोट भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।